मदिरा ब्यवसाही संघ रुपन्देहीद्वारा स्थापना दिवसकाे अबसरमा राहत बितरण

by समतल अनलाइन

बुटवल। मदिरा ब्यवसाही संघ रूपन्देहीले आफ्नो १४ औं स्थापना दिवसकाे अबसरमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उप महानगरपालिका वार्ड नम्बर १५ उजेलापुरमा रहेकाे लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा पुगेर संघले राहत वितरण गरेको हो ।

कार्यक्रममा ४० हजार बराबरकाे खाद्यान्न, स्टेशनरी तथा जाडोमा लगाउने न्यानो कपडाहरू बितरण गरिएको थियो । मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण गौतमकाे अध्यक्षता सम्पन्न भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाल मदिरा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कृष्ण नेपालले संस्थाले विभिन्न अवसर पारेर रचनात्मक कार्यहरू गरेको भन्दै व्यवसायमा मात्रै सीमित नभई सामाजिक भावलाइ पनी यसै गरी आगाडी लैजानु पर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष कृष्ण गौतम, पुर्ब अध्यक्ष खिम बहादुर खत्री, निवर्तमान अध्यक्ष सम्भु भट्टराई, जिल्ला उपाध्यक्षदोय हिमाल भुषाल ,बावुराम ज्ञवाली, जिल्ला कोषाध्यक्ष हीरा बहादुर केसी ( डाईमण्ड) लगायतले बोल्दै व्यवसाय एक रुपताको साथै सामाजीक काममा पनि क्रियाशील भईरहनु पर्नेमा जोड दिएका थिए ।

उनीहरूले अहीले व्यवसायीका आफनै समस्या र बाध्यताका बीच पनी यी र यस्तै कार्यक्रमलाइ निरन्तरता दीईरहेने प्रतिवद्धता जनाएका थिए । महासचिव किशोर पन्थीको सञ्चालन जिल्ला कोषाध्यक्ष तथा राहत बितरण कार्यक्रमका संयोजक हीरा बहादुर केसीको स्वागतमा सम्पन्न भयको थियो । संघले यही आउँदो १६ गते शनिवार अर्थमन्त्री बिष्णु पाैडेलकाे प्रमुख आतिथ्यमा १४ औं साधारणसभाकाे तयारी पनि गरेको जिल्ला अध्यक्ष गौतमले जानकारी दिए। जिल्लामा आधिकारिक रुपमा ५०० सय व्यवसाहीहरू सक्रिय रहेका छन।

 
 
  
 

You may also like