इङल्याण्डलाई बदला लिंदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

by समतल अनलाइन

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टर फाइनलमा इङल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रंगशालामा आज बिहान भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १७ औं मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा इङल्या०डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८ औं मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्सले विश्वकप फुटबलमा इङ्ल्याण्डलाई पहिलो पटक पराजित गरेको हो । यसअघि सन् १९६६ मा २–० ले विजयी भएको इङ्ल्याण्डले १९८२ मा ३–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । तर तेस्रो भेटमा भने फ्रान्सले यसअघिको हारको बदला लिएको हो ।

 
 
  
 

You may also like