बुटवल । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नं. १ (ख) मा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको पक्षमा जनलहर देखिएको छ ।
सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभाका उम्मेदवार बनेका काँग्रेस नेता रज्जाकको पक्षमा निर्वाचनको मिति नजिकिए संगै जनलहर बढ्दै गएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य समेत रहेका रज्जाक अहिले चुनावी प्रचारप्रसार र घरदैलोमा केन्द्रीत छन् । नेता रज्जाकलाई लुम्बिनी प्रदेशको भावी मूख्यमन्त्रीका रुपमा हेरिएका कारण पनि सो क्षेत्रका जनता उत्साहित छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुको तर्फबाट साझा उम्मेदवार बनेका रज्जाकले चुनावी प्रचार प्रसार र भेटघाटलाई तिब्रता दिएका छन् । घरदैलोका क्रममा नेता रज्जाकले जनताका गुनासो र समस्या सुन्ने तथा आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गर्ने गरेका छन् । उनले गांउगांउ र टोलटोलमा हुने चुनावी कार्यक्रमहरुमा कांग्रेसमा प्रबेश गर्नेहरुलाई स्वागत गर्ने तथा स्थानीय संग शुभकामना र आशिर्वाद लिईरहेका छन् ।
रुपन्देहीका जनता माझ लोकप्रिय रहेका रज्जाक जनप्रेमी र बिकासप्रेमी नेताका रुपमा समेत परिचित छन् । २०७० मा भएको संविधान सभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ बाट लोकप्रिय मतका साथ संविधान सभा सदस्यमा निर्वाचित भएका रज्जाक मँसिर ४ गते हुने निर्वाचनमा रुपन्देही क्षेत्र नं १ (ख) मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका उम्मेदवारका रुपमा प्रस्तुत भएका हुन् । सरल, शालिन र भद्र स्वभावका रज्जाक सो क्षेत्रका जनताको रोजाईमा परेका छन् । जनताको गुनासो सहज रुपमा सुनिदिने र समाधानका लागि पहल गरिदिने ईमान्दार, वफादार र स्वच्छ छबिका भएका कारण पनि नेता रज्जाकको पक्षमा जनलहर देखिएको हो ।
प्रदेश सभाका उम्मेदवार रज्जाकको पक्षमा राम्रो जनलहर रहेको नेपाली काँग्रेस क्षेत्र नं. १ रुपन्देहीका सभापति एवं चुनाव प्रचारप्रसार समितिका संयोजक हिरा बहादुर केसीले बताए । “हामी घरदैलो कै क्रममा छौँ ।, ‘यहांका मतदाताले भोट त रज्जाकलाई नै दिने हो भन्छन् ।, ‘रज्जाक बिकासप्रमी, ईमान्दार, वफादार र स्वच्छ छबीका नेता भएका कारण भोट रज्जाकलाई नै दिने अधिकांश स्थानीयको प्रतिक्रिया पाएका छौं,’– केसीले भने ।” यस क्षेत्रका मतदाताको साथ, समर्थन र सद्भाव रहेका कारण पनि रज्जाकको जित सुनिश्चित रहेको उनले बताए ।
प्रदेश सभाका उम्मेदवार रज्जाकले सो क्षेत्रका नागरिकहरुको बिश्वास नै आफुले चुनाव जित्ने बलियो आधार भएको प्रतिक्रिया दिएका छन् । आफ्नो उम्मेदवारीलाई लिएर सो क्षेत्रका जनता उत्साही रहेको र आफूलाई मतदान गर्न आतुर रहेको उनले बताए ।
शिक्षण सेवा हुदै २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका रज्जाक सो क्षेत्रको विकास र समृद्धिका निम्ति अनवरत रुपमा सेवकका रुपमा समर्पित रहदै आएका छन् । स्थानिय स्तरबाट राजनिती शुरु गरेका रज्जाक गाँउ, क्षेत्र, जिल्ला हुँदै हाल केन्द्रीय राजनितीमा समेत राम्रो पकड बनाउन सफल भएका छन् ।
जनताप्रति ईमान्दार, वफादार र बिकासप्रेमी नेताको छबी बनाएका रज्जाकको पक्षमा बलियो जनमत रहेका कारण जित सुनिश्चित रहेको नेपाली कांग्रेस रुपन्देहीका सचिव हरि प्रसाद काफ्लेले बताए ।
उक्त क्षेत्रमा पुल निर्माण, बिद्युत् विस्तार, बाटो निमार्ण, विद्यालयका पूर्वाधार निमार्ण, खानेपानी तथा सिञ्चाई, खेलकुद क्षेत्रको विकास, स्वास्थ्य क्षेत्रको सुधार तथा विकास, धार्मिक क्षेत्रको प्रचार प्रसार र पुर्वाधार निमार्ण लगायतका कामहरु नेता रज्जाकले गरेका महत्वपूर्ण कार्यहरु हुन् । देवदह वडा नं १० चरङ्गे जोड्ने र अन्य ३ वटा पुल निर्माण, शिवपुरदेखि भवानीपुर जोड्ने पुल, सुरजपुरा–बसन्तपुर हुँदै रोहिणी नदिमा पक्की पुल, भलुही देखि भु.पु सैनिक जोड्ने पुल निर्माण, सुकरौली–कानपारा जाने रोहिणी नदिमा पुल निर्माण तथा बिभिन्न स्थानमा ५ वटा झलुङ्गे पुल गरि आफ्नो पहलमा १५ वटा पुल निर्मााण भएको नेता रज्जाकले बताए । यस्तै सिञ्चाई तथा पर्यटन क्षेत्रमा ४९ करोड बजेट विनियोजन, धकधईमा विधुत सबस्टेसन लाईन विस्तार, वेलहिया भन्सार देखि बसन्तपुर हुँदै मतेरिया, केरवानी हुँदै कान्छीबजार बाटोको लागि ८ करोड बजेट विनियोजन भई काम भएको उनले बताए । आफ्नो पहलमा करिब ६ अर्ब बजेट रुपन्देही क्षेत्र नं १ मा विनियोजन गर्न सफल भएको रज्जाकले बताए ।
नेता रज्जाक यसपटक क्षेत्र नं १ संगै रुपन्देहीको बिकास र समृद्धिका साथै आफ्ना अधुरा योजनाहरु पुरा गर्ने योजनामा छन् । ठोस योजना र कार्यक्रम सहित चुनावी मैदानमा होमिएका नेता रज्जाकले विकास र समृद्धिका लागि नेपाली काँग्रेसलाई रोज्न आग्रह गरेका छन् । मूलुकको बिकास, समृद्धि, लोकतन्त्र, शान्ति र स्थायित्वका निम्ति पनि गठबन्धनको पक्षमा मतदान गर्न नेता रज्जाकले सो क्षेत्रका मतदातालाई आब्हान समेत गरेका छन् ।
रज्जाकसंगै प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. १ मा गठबन्धनकै तर्फबाट स्वतन्त्र उम्मेदवार घनश्याम भुषाल र प्रदेश सभा (क) मा नेपाली काँग्रेस क्षेत्र नं. १ रुपन्देहीका पूर्व क्षेत्रीय सभापति बिश्वनाथ यादव चुनावी मैदानमा छन् ।