गुल्मीमा बाढी पहिरोका कारण ६ घर परिवारका २० जना विस्थापित

by समतल अनलाइन

गुल्मी।बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार ६ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन् । विस्थापितहरुले यतिबेला आफन्त र छिमेकीहरुको घरमा आश्रय लिन बाध्य छन ।

उनीहरु सबैजनाको पहिरोले घर तथा गोठमा क्षती पुराएको छ । बिस्थापित हुने परिवारमा गुल्मीदबार र चन्द्रकोट गाउँपालिकाका वासिन्दाहरु रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरोका कारण गुल्मीदरबार गाउँपालिका ७ निवासी मान बहादुर बिकको गोठ पुरिंदा भैंसी र बाख्रा मरेसँगै बिकका चार जना परिवार बिस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जानकारी दिनु भएको छ । त्यसैगरि पहिरोले गुल्मीदरबार ७ का केरसिंह कामी, सिता बिक र चन्द्रकोट गाउँपालिका ४ डम्बर बहादुर सुबेदी, शान्ता नेपाली र बिवा नेपालीको घर उच्च जोखिममा परेको छ ।

विस्थापित परिवारहरुले तत्कालका लागि आफन्त र छिमेकीको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ । बाढी र पहिरोको जोखिमका कारण विस्थापित बनेकाहरुलाई स्थानीय पालिकाहरुको तर्फबाट पनि समन्वय गरि उनीहरुको व्यवस्थापनका लागि पहल गरिरहेको गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले बताउनु भएको छ ।

विस्थापित भएका नागरिकहरुलाई सुरक्षीत आवासको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भैरहेको जिल्ला विपद व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताउनु भयो । लगातार वर्षा भैरहेको कारण जिल्लामा विस्थापित हुनेहरुको संख्या अझै बढ्न सक्ने प्रहरीको आँकलन छ ।

 
 
  
 

You may also like