जर्मनी हंगेरीसँग पराजित

by समतल अनलाइन

काठमाडौं । जर्मनीलाई हराउँदै हंगेरीले समूह ए ३ बाट युईएफए नेसन्स लिगको फाइन्समा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको १७ औँ मिनेटमा एडम स्जालाईले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो ।

सोमबार हुने समूह चरणको अन्तिम खेलपछि सन्यास लिने तयारी गरेका ३४ वर्षीय खेलाडीले आफूले सही समयको प्रतीक्षा गरिरहेको बताए ।

हंगेरीले अन्तिम खेलमा इटालीको सामना गर्दैछ । सो खेलमा बराबरी मात्र गरे हंगेरीका लागि काफी हुनेछ । समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इङल्याण्ड २ अंकसहित पुछारमा रहेको छ ।

 
 
  
 

You may also like