काठमाडौंमा घरमै पसेर चितुवाको आक्रमण, पाँच जना घाइते

३० असार २०७९, बिहीबार

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया