नापी कार्यालय भैरहवाका अमिन ३० हजार घुससहित अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।
सिनपा-१२ स्थित जग्गाको हाल साविकमा लागि ३० हजार घुस लिँदैगर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसंधानका सूचना अधिकारी बेद प्रसाद भण्डारीले जानकारी दिए ।

 
 
  
 

You may also like