तिलोत्तमा काँग्रेसका खाँण ४०६ मतले अगाडी

बुटवल।रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाँणले मतान्तर थप बढाउदै लगेका छन् ।पछिल्लो मतपरिणाम अनुसार काँग्रेस उम्मेदवार खाँण एमाले उम्मेदवार मोहन चापाई भन्दा ४०६ मतले अगाडि रहेका छन् ।

३१ हजार ७०१ मत गणना हुँदा काँग्रेस उम्मेदवार खाँणले १२ हजार ३१५ मत प्राप्त गरेका छन भने एमाले उम्मेदवार चापागाइँले ११ हजार ९०९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरीको अग्रता कायमै छ । उनले ११ हजार ५८२ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ५ हजार ८९५ मत प्राप्त गरेका छन् ।

तिलोत्तमामा अहिले वडा नं ४, ५, १३ र वडा नं १४ को मतगणना भईरहेको छ । अहिलेसम्म तिलोत्तमा नगरपालिकाको वडा नं १, २, ३, १५, १६ र १७ गरी ६ वटा वडाको मत गणना सकिएको छ ।

 
 
  
 

You may also like