सात वटै प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज (शुक्रबार) पनि वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गण्डकी, वागमती र प्रदेश-१ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज राति प्रदेश-१ र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार हाल नेपालमा भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभाव रहनुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

 
 
  
 

You may also like