नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीद्धारा नयाँ बर्षको सुभकामना आदान प्रदान तथा क्यालेण्डर बिमोचन

बुटवल।नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ बर्ष २०७९ को सुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बुटवलमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बुटवल नगर सभापती खेलराज पाण्डेले केपि ओली नेतृत्वको कम्युनिष्ट सरकारले भताभुङ्ग पारेको देशलाइ नेपाली काँग्रेस नेतृत्वको सरकारले सम्हालेर सहि दिसा दिन सफल भएको बताए । जनताले दुइ तिहाइ दिएर पठाउँदा समेत कम्युनिष्टहरुले देश चलाउन नसकेपछि नेपाली काँग्रेसले मुलुकलाइ सहि दिसा दिन गठबन्ध सरकार मार्फत अगाडी बढ्नु परेको उनले बताए ।
तीन बर्षमा कम्युनिष्टहरुले देशको अर्थतन्त्र मात्रै नभइ कर्मचारी तन्त्रपनि ध्वस्त बनाएको भन्दै पाण्डेले त्यसका बिरुद्ध अवको निर्वाचनमा नेपाली काँग्रेसलाइ मत दिएर देश र जनताको हितमा निर्णय लिन कर्मचारीहरुलाइ अग्रह गरे । ‘कम्युनिष्ट सरकारका पालामा कर्मचारीहरुमाथि भएका ज्याजती तपाइहरुले सम्झीनु भयो भने मात्रै पनि काँग्रेसको जित सुनिश्चित छ’ काँग्रेस बुटवल नगरसभापती पाण्डेले भने ।कार्यक्रमा कर्मचारी युनियनका नेताहरुले कर्मचारी मैत्री संघीय निजामती कर्मचारी ऐन ल्याउन सरकारलाइ आग्रह गरे । दुइ तिहाइको कम्युनिष्ट सरकारले साढे तीन बर्ष सरकारको नेतृत्व गर्दा पनि संघीय निजामती कर्मचारी ऐन नबनाएर कर्मचारी तन्त्रलाइ नै ध्वस्त बनाउन खोजेको भन्दै उनीहरुले बर्तमान सरकारले छिटो ऐन ल्याउने तयारीमा रहेको जानकारी आफुहरुले पाएको बताए ।
कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक मदन गौतमले ऐन कानुन बिनै कम्युनिष्ट सरकारले जबरजस्ती कर्मचारीहरुलाइ समायोजनमा धकेल्दा कर्मचारी तन्त्र र संघीयता कार्यान्वयनमै असर परेको बताए । युनियनका रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका केन्द्रिय उपमहासचिव इन्दु शर्मा,केन्द्रिय सचिव प्रकाश भट्टराइ,केन्द्रिय सदस्यहरु मनिस अधिकारी,नविन पन्थी,नवलपरासी अध्यक्ष सनत गिरी आधिकारिक ट्रेड युयिनयन अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्मा,प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल,रुपन्देही उपाध्यक्ष टेकराज पन्थी,सहसचिव पदम आर्चाय लगायतले बोल्दै संघीय निजामती कर्मचारी ऐन कार्मचारी मैत्री हुनु पर्ने र त्यसकालागि अवको निर्वाचनमा नेपाली काँग्रेसलाइ बहुमत दिएर राष्ट्रको नेतृत्व काँग्रेसले नै गर्ने अवसर दिनु पर्नेमा जोड दिए । कार्यक्रममा नयाँ बर्ष २०७९ सालको क्लेण्डर बिमोचन गर्नुका साथै नयाँ बर्षको सुभकामना आदानप्रदान गरीएको थियो ।

 
 
  
 

You may also like