सकियाे कृषि मेला : ठाेस प्रस्ताव ल्याउन मन्त्री रायमाझीकाे आग्रह

बुटवल । बुटवलमा सञ्चालन गरिएकाे कृषिमेला सकिएकाे छ । बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाे संयुक्त आयाेजनामा यहि चैतका १० गतेदेखि सञ्चालन गरिएकाे कृषि मेला साेमबार सकिएकाे हाे ।
मेलाकाे समापन गर्दै लुम्बिनी प्रदेश कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले कृषिकाे विकासमा काम गर्न मन्त्रालय तयार रहेकाे बताउँदै त्यसकाे लागि ठाेस प्रस्ताव ल्याउन आग्रह गर्नुभयाे । उहाँले सरकारले ल्याएका अनुदानकन कार्यक्रममा केही जटिल भएकाे महशुस गरेर ती कुरामा संशाेधनकाे तयारी गरिएकाे जानकारी गराउनु भयाे ।
नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषि सहज पेशा नभएकाेले सरकारले लिने कृषि नीति सहज बनाईनु पर्ने बताउनु भयाे । त्यस्तै कुन जमिनमा कुन बस्तुकाे उत्पादन प्रतिस्पर्धी क्षमताकाे छ, त्याे पहिचान गरेर त्यही अनुसारकाे नीति बनाईनु पर्ने उहाँकाे भनाई छ ।
आयाेजक बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयाेजक उज्ज्वलप्रसाद कसजूले कृषिकाे व्यवसायिक विकासकाे लागि भू-उपयाेग नीति बनाउनु पर्नेमा जाेड दिनुभयाे । उहाँले कृषिमा प्रविधि सहितकाे व्यवसायिक विकास र त्यसका माध्यमबाट मुलुककाे आर्थिक विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ किसानलाई उत्साहित गर्नकाे लागि र नीति निर्माणमा सरकारलाई दवाव सिर्जना गर्नकाे लागि पनि कृषि मेला सञ्चालन गरिएकाे बताउनु भयाे ।
मेला समापनकाे अवसरमा उत्कष्ट स्टल, प्रविधि तथा उत्पादनलाई पुरस्कृत गरिएकाे छ । स्टल तर्फ उत्कृट गुप्ता नर्सरी सर्वाेत्कृष्ट, प्रथम लुम्बनी एग्राे एण्ड फर्टीलाईजर, द्वितीय हाम्राे बहुउद्देश्यीय कृषि फारम, तृतीय सबल नेपाल एग्राे प्रा.ली तथा नेपाली लाेकल एग्राे प्राेडक्ट, देउराली जनता प्राविधिक शिक्षालय (मिना अचार) र लुम्बिनी एबिआई क्लाेनी एण्ड रिसर्च सेन्टरलाई प्राेत्साहन पुरस्कार प्रदान गरिएकाे छ ।
त्यस्तै प्रविधि तर्फ सैनामैना भर्मी कम्पाेष्ट कृषक समूह प्रथम, कृषि साेलुसन द्वितीय, जियाे कृर्षि तृतीय, शिवसागर एग्राे ट्रेडर्सलाई प्राेत्साहन पुरस्कार प्रदान गरिएकाे छ । त्यसैगरी बाली प्रदर्शनीमा ग्रिन जाेन एग्राे फार्म उत्कृष्ट, सुर्यकिरण कृषक समूह प्रथम, देवदह ग्रिन एग्राे रिसर्च द्वितीय, नवदुर्गा कृषक समूह तृतीय र विष्णु लाेध ओमसतीयालाई प्राेत्साहन पुरस्कार प्रदान गरिएकाे मुल्यांकन समितिका संयाेजक तथा संघका कार्यसमिति सदस्य सुरज भट्टराईले जानकारी गराउनु भयाे । त्यसै अवसरमा मेला सम्पन्न गर्न भूमिका निर्वाह गर्नेहरुलाई पनि सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अमरराज शर्मा, सैनामैना उद्याेग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई लगायतले भनाई राख्नुभयाे ।
संघले २०६२ सालदेखि निरन्तर कृषि मेला गर्दै आएको छ । यो दशौं संस्करणको कृषि मेला हो । पछिल्लो समयमा कृषिजन्य उत्पादनको आयातमा समेत अबौं बाहिरिरहेको छ । कृषि क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकिकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउनको लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको छ ।
पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा कृषिमा अत्याधुनिक प्रविधि (जस्तै :- धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदी)को प्रदर्शनी गरिएको थियो । त्यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन गएको छ । कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवद्र्धन गरिएको छ । यसले स्थानीय कृषि वस्तुको प्रवद्र्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेलामा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रद्र्धशन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल समावेश गरिएको थियो । त्यस्तै दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी, कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिएको छ ।
मेलामा ५० स्टल सहभागि थिए । मेलामा अपेक्षाकृत रुपमा २५ हजार अवलोकनकर्ताले अवलोकन गरेको अनुमान गरिएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको थियो ।

 
 
  
 

You may also like