आज तराईका जिल्लाहरूमा होली मनाइँदै

काठमाडौँ । आज तराईका जिल्लाहरूमा फागु अर्थात् होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्साउने पर्वको रूपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ ।

पहाडी तथा हिमाली जिल्लाहरूमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा खुसीयाली प्रकट गर्न सामूहिक रूपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्त्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा होली पर्व मनाउने गरिएको छ ।

 
 
  
 

You may also like