प्रकाश सपुतको गीतबारे प्रचण्डले भने, ‘आवेगमा आएर धेरै विरोध गर्नुपर्छ जस्तो लाग्दैन’

कैलाली । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पीर’ गीतबाट कोही पनि उत्तेजित हुनु नपर्ने बताएका छन् । आज (सोमबार) सुदूरपश्चिम प्रदेशको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले समय अभावका कारण आफूले सबै गीत हेर्न नपाएको तार समाचारहरुबाट जानकारी पाएको उल्लेख गर्दै जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहने हुँदा आवेगमा आएर खासै विरोध गरिरहन आवश्यक नभएको बताए ।

‘तर्क-वितर्क हुन्छन्, त्यसलाई स्वाभाविक रुपले लिनुपर्छ’, प्रचण्डले भने । उनले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनु नपर्ने बताए । प्रकाश सपुतले सिर्जनात्मक ढङ्गले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसा समेत गरे ।

उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता-कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्,’ प्रचण्डले भने ।

 

 
 
  
 

You may also like