कोरोना तिव्र गतिमा फैलियो, ठूलै संकटको संकेत

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरस तिव्र गतिमा फैलिएको छ । आज २ हजार ४ सय ४४ जना कोरोना संक्रमित पुष्टि भएको छ । यो हिजोको तुलनामा एक हजारले बढी हो ।

कोरोना संक्रमणमुक्त हुने भन्दा संक्रमित हुनेको संख्या निकै बढी रहेको छ । योसँगै संक्रिय संक्रमित बढेको छ ।पुसको पहिलो साता केहीमा मात्र संक्रमण पत्ता लागेको थियो । जुन बढ्दै जाँदा दैनिक हजारमाथि संक्रमित थपिन थालेका छन् ।

एक्कासी संक्रमित संख्या बढ्नुमा राजनीतिक दलहरुको महाधिवेशन पनि कारण रहेको स्वास्थ्यविज्ञहरुले बताएका छन् । वरिष्ठ चिकित्सक डा। सुन्दरमणि दिक्षितले पछिल्लो समय कोरोना संक्रमण फैलनुमा दलरु नै जिम्मेवार रहेको बताएका छन् । उनले स्थिति भयावह बन्नसक्नेमा सचेत गराएका छन् ।

देशभर १० हजारभन्दा बढी सक्रिय संक्रमित रहेकोमा आधा काठमाडौं उपत्यकामा छन् । उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ ।

कोरोना जोखिमलाई दृष्टिगत गरी सरकारले कडाई गरेको छ । विद्यालयहरु बन्द गरिएका छन् । काठमाडौं उपत्यकामा आवतजावतमा पनि स्वास्थ्य मापदण्ड अनिवार्य बनाइएको छ । खोप कार्ड विना कतिपय स्थानमा प्रवेश निषेध गरिएको छ ।

 
 
  
 

You may also like