दिनहुँ बढ्न थाल्यो कोरोना संक्रमण : आज थपिए ९६८ जना संक्रमित

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेनबाट थपिएको तथ्यांक २२ र २३ गतेको संयुक्त हो ।

यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोभिड-१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन गुमाएका छन् । हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय नेपालमा दिनहुँ संक्रमित हुनेको संख्या बढिरहेको छ ।

 
 
  
 

You may also like