माणिग्राममा तिलोत्तमा गार्मेन्ट्स प्रालीको शुभारम्भ

by समतल अनलाइन

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा – ५ मणिग्राममा शुक्रबारदेखि तिलोत्तमा गार्मेन्ट्स प्रालिको शुभारम्भ गरिएको छ । बिश्वकर्मा दिवसको अवसर पारी नगरपालिकाकि उप- मेयर जागेश्वरी चौधरीले रिवन काटेर सो गार्मेन्ट्सको उद्घाटन गर्नु भएको हो ।

तिलोत्तमाका सफल व्याबसायीहरु दिपक भुर्तेल, खिमानन्द भट्टराई र देवेन्द्र दर्नालले १ करोड बढी लगानिमा गार्नेन्ट्स सन्चालनमा ल्याएका हुन ।

शुक्रबार सम्पन्न शुभारम्भ कार्यक्रममा तिलोत्तमा गार्मेन्ट्स प्रालीका अध्यक्ष दिपक भुर्तेलले रुपन्देहीको केन्द्र भागमा रहेर आफुहरुले देशब्यापी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने बताउनु भयो । सो गार्मेन्ट्समा विभिन्न खेलका जर्सी, स्कुल कलेजका ड्रेस, अन्य संघसंस्थाका ड्रेस साथै विभिन्न खाले गुणस्तरीय युनिफर्महरु सुपथ मुल्यमा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । उद्घाटनका अवसरमा सो गार्मेन्ट्सले आफ्नो उत्पादनका सामानमा २५% छुटको घोषणा समेत गरेको छ ।

तिलोत्तमा गार्मेन्ट्स प्रालिका प्रमुख दिपक भुर्तेलको अध्यक्षता, तिलोत्तमा नगरपालिकाकी उप-मेयर जागेश्वरी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन देवेन्द्र दर्नाल र स्वागत खिमानन्द भट्टराईले गर्नु भएको थियो ।

 
 
  
 

You may also like