हिमाली र उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । आज (आइतबार) हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

प्रदेश–१ का एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने शाक्यको भनाइ छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन् । यसैबीच आज बिहान ६ बजे काठमाडौंको तापक्रम ९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने छ । केही दिन पूर्ण बदली रहेको काठमाडौंमा आज भने आंशिक बदली हुनेछ ।

 

 
 
  
 

You may also like