ओली र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता, ‘एमसीसी’ को ढिलाइबारे चासो

by समतल अनलाइन

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच सिंहदरबारमा भेटवार्ता भएको छ । शुक्रबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा लुको प्रतिनिधिमण्डलसँग भेटघाट भएको हो ।

भेटवार्तामा एमाले संसदीय दलका उपनेता सुवास नेवाङ, विष्णु रिमाललगायतका नेताहरु सहभागी थिए। नेपालको तीन दिने भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुलेले ओलीसँग एमसीसी ढिलाइबारे जिज्ञासा राखेको स्रोतले बताएको छ ।

यसअघि बिहीबार प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीले भेटवार्ता गरेका थिए। भेटका क्रममा लुले एमसीसी पास ढिलाइबारे जिज्ञासा राखेका थिए । जवाफमा देउवाले सहमतिअनुसार एमसीसी पास गरिने जानकारी गराएका थिए ।

बुधबार काठमाडौं आइपुगेका लुले केही परियोजनाहरुको अवलोकन गर्नुको साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी राजदूतावासले जनाएको छ ।

 
 
  
 

You may also like