शाइन रेसुङ्गा, पूर्णिमा विकास र भार्गव विकास बैंक गाभिएर एकीकृत कारोवार शुभारम्भ

by समतल अनलाइन

रुपन्देही।रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेड र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक लिमिटेड गाभिएर एकीकृत कारोवार सञ्चालन भएको छ ।१० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ ।

साथै, बैंकको चुक्ता पूंजी रु. २ अर्व ६२ करोड, निक्षेप परिचालन रु. २६ अर्व ८७ करोड, कर्जा लगानी रु. २३ अर्व ८१ करोड, ग्राहक संख्या ३ लाख ७७ हजार र कर्मचारी संख्या ५४५ पुगेको छ ।निकट भविष्यमा नेपाल राष्ट्र बैंकवाट स्विकृती प्राप्त गरि राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने र हाल कायम रहेको चुक्ता पूंजीको ४ ः १ (चार शेयर बराबर १ शेयर) को अनुपातमा हकप्रद शेयर निष्काशन गरी पूंजी बृद्धि गरिनेछ ।एक्विजिशन पश्चात थप उत्कृष्ट, विश्वसनीय र सहज बैंकिग सेवा प्रदान गरिनेछ ।प्रकाश पौडेल-प्रमुख कार्यकारी अधिकृत-मिति ः२०७६÷०६÷२७

 
 
  
 

You may also like