पहराईलाई पालिकाले गर्यो सहयोग

by समतल अनलाइन

बुटवल । गुल्मीको धुर्कोट गाउँपालिकाले अविरल वर्षाले क्षति पुर्याएको घरमै पुगेर राहत वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्री, वडा नं। २ का वडाध्यक्ष नविन जिसी, नेपाली कांग्रेसका महासमिति सदस्य छन्दबहादुर पहराई लगाएतको टोलीले क्षतिको अनुमगन गर्दै वडा नं. ३ हाडेहाडेको एक घरमा त्रिपाल लगाएतका सामग्रीहरु सहयोग गरेको हो ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष खत्रीले अनुगमनको क्रममा त्रिपाल सहयोग गरेको र आवश्यक प्रक्रिया पुर्याएर अन्य सहयोग पनि गाउँपालिकाले गर्ने बताए । अविरल वर्षाले कात्तिक ६ गते लुकि पहराईको साईलो छोरा बिनबहादुर पहराई बस्दै आएको घरमा क्षति पुर्याएको थियो ।

 
 
  
 

You may also like