घरेलु महासंघको अभिमुखी कार्यक्रम सुरु

by समतल अनलाइन

नेपाल । घरेलु तथा साना उद्योगी महासंघको चारदिने अभिमुखिकरण कार्यक्रम बुटवलमा सुरु भएको छ । सातै प्रदेशका १२ जना व्योलडिङ्ग उद्योगमा कार्यरत मजदुरहरुलाई अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

दक्षजनशक्ति उत्पादन तथा उद्योगमा सुरक्षाका उपाय अपनाएर मजदुरले काम गर्ने वातावरण सिर्जना गर्नको लागि तालिम सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योगी लुम्बिनीका अध्यक्ष नेत्र प्रसाद पाठकले जानकारी दनुभयो ।

१३ गतेसम्म सञ्चालन हुने अभिमुखकरण कार्यक्रममा मजदुरलाई उद्योगमा काम गर्दा अपानाउनु पर्ने सुरक्षा र काम सम्बन्धी जानकारी दिईने उँहाले बताउँनुभयो । महासंघका केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापतीले सीप सिकेर दक्ष बन्न सके काम बिहिन हुनुनपर्ने बताउँनुभयो ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष नवराज श्रेष्ठ, महिला उद्यमी शान्ती शर्मा , धुव्र धिताल , मञ्जु भुषाल , रमेशमान शाक्य , मनोज भट्टराई लगायतले कार्यक्रममा बोलेका थिए ।

 
 
  
 

You may also like