पाल्पामा पहिरो, तीन घरमा क्षति

by समतल अनलाइन

पाल्पा। अविरल वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा तीन वटा घर र एउटा गोठ भत्किएका छन् । तानसेन नगरपालिका–८ डुम्रेका देवबहादुर सारुको दुई तले कच्ची घर पहिरोले पूर्णरुपमा क्षति भएको छ भने सोही स्थानका खड्कबहादुर खत्रीको दुई तले घरको भुइँतलाको गारो भत्किएको छ ।

उनको गोठ पनि भत्किएर १४ वटा कुखुराहरु मरेका छन् । त्यस्तै रिब्दकोट गाउँपालिका–४, हटियाका सञ्जित कुमार राजभण्डारीको पनि दुई तले कच्ची घर भत्किको तर मानवीय क्षति भने नभएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

 
 
  
 

You may also like