लियो क्लब अफ बुटवलको सम्मान “डा. नन्दु पाठकलाइ ”

बुटवल । पश्चिम क्षेत्रकै पुरानो तथा चर्चित क्लब लियो क्लब अफ बुटवलले आफ्नो बार्षिक अभियानलाइ तिब्रता पारिरहेको छ ।
क्लबले यसैहप्ता आफ्नो ३६ औ वार्षिक उत्सब भब्यताका साथ बुटवलमा सम्पन्न गर्यो भने आगामी दिनमा समाजलाइ योगदान पुर्याउने बिभिन्न ब्यक्तित्वहरुलाइ समेत सम्मान गर्दै जाने क्लबका अध्यक्ष रमेश न्यौपानेले जानकारी गराएका छन ।


यसैबिच ३६ औ बार्षिकउत्सबको अबसरमा नै बुटवलमा लामो समयदेखी स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रदान गरिरहेका बुटवलका डाक्टर नन्दु पाठकलाइ बिशेष सम्मान गरेको छ ।

सारा बिश्वलाइ नै कोभिडले आक्रान्त बनाइरहेको समयमा आफु र आफ्नो परिवारको कुनै पर्वाह नै नगरी अबिछिन्न र अनवरत रुपमा बिरामीको सेवामा अहोरात्र खटी उपचारमा अतुलनीय मानबीय सेवा निर्वाह गरेको भन्दै क्लबले कदरपत्रले बिशेष सम्मान गरेको हो । डा. पाठक लुम्बिनी प्रादेशिक अस्पतालका सिनियर कन्सल्टेन्ट फिजिसिएन, तथा कोरोनाको फोकल पर्सन समेत हुन ।

बुटवलका चर्चित , लोकप्रिय डाक्टर पाठकलाइ क्लबले सम्मान गर्न पाउदा खुसी लागेको क्लबका अध्यक्ष न्यौपानेले बताए ।
क्लबले न्यौपाने अध्यक्ष भएपछी छोटोसमयमा युवाहरुलाइ एम.सी. तथा प्रोग्राम म्यानेजमेन्ट तालिम ,रक्तदान लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

 
 
  
 

You may also like