रुपन्देहीमा थपियो साउन ३२ गतेसम्म

बुटवल । कोरोना संक्रमणको जोखिम नघटेको भन्दै रुपन्देही जिल्ला प्रशासनले निषेधाज्ञालाई साउन ३२ गतेसम्मका लागि निरन्तरता दिएको छ ।

आज बसेको निल्ला कोभिड१९ संकट व्यवस्थापन समितिको बैठकले उक्त अवधिसम्मका लागि निशेधाज्ञा थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार जिल्लामा सबै प्रकारका सभा, जुलुस, महोत्सव, पार्टीप्यालेस, सिनेमाहल र हाटबजार आदि सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै परम्परागत रुपमा भई आएका अन्तरिक नित्य पूजाबाहेकका सबै धार्मिक साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा रोक लगाइएको छ ।

शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, भाषा कक्षा, ट्युसन लगायत जमघट हुने गतिविधिहरु सञ्चालन गर्नपनि रोक लगाइएको छ ।

यीबाहेक अन्य कुनैपनि क्षेत्रमा निषेधाज्ञा नरहेको प्रजिअ तामाङले बताए ।

 
 
  
 

You may also like