रुपन्देहीमा २१९ जनाको कोरोना परिक्षण गर्दा २१ जना संक्रमीत

बुटवल । रुपन्देहीमा थप २१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। २१९ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

जिल्ला स्वस्थ्य कार्यलयका अनुसार बुटवल उप- महानगर पालिकामा ५ जना , सिद्दार्थ र तिलोत्तमा नगरपालिकामा ४ जना , देवदहमा २ जना , सियारी , सैनामैना र कन्चनमा १/१ जनाको कोरोना पुष्टि भएको छ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा रुपन्देहीमा मृत्युु हुनेको संख्या शून्य रहेको छ। जिल्लामा हालसम्म ५०५ जनाको मृत्यु भैसकेको छ ।
सक्रिय संक्रमितको संख्या ३२९ जना रहेको छ भने संक्रमीत हुनेको संख्या २८ हजार ७ सय ३७ जना रहेका छन ।

 
 
  
 

You may also like