स्याङ्जामा खोलाले बगाउँदा एकको मृत्यु

स्याङजा। स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ निवासी ५१ वर्षीय मनबहादुर थापाको आँधीखोला तर्ने क्रममा चिप्लिएर लड्दा मृत्यु भएको हो ।

आँधीखोलास्थित ठूलो फूलबारी तर्फबाट गाईनेघाट हुँदै लामागेतर्फ जाँदै गर्दा आँधीखोला तर्ने क्रममा चिप्लिएर लडेका थिए । चिप्लिएर लडेका थापाको आँघीखोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ ।

मृतक थापा नेपाली कांग्रेस स्याङ्जा पुतलीबजार नगरपालिका–४ का सह–सभापति कुलबहादुर थापाका छोरा हुन् । थापाको शब पोष्टमार्टमका लागि स्याङ्जा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like