खेलकुद क्षेत्रलाई २ अर्ब ७४ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ ।
शनिबार आगामी आर्थिक वर्षको आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल खेलकुद विकासका लागि रकम छुट्ट्याएको बताए ।

चालु आर्थिक वर्षका लागि २ अर्ब ३६ करोड रुपैयाँ छुट्ट्याएको थियो । गत वर्षभन्दा यो वर्ष बजेट ३८ करोडले बढी हो ।

 

 
 
  
 

You may also like