बुटवलको कालिका स्कुलमा ९ जना शिक्षकलाई कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द

बुटवल । नेपालकै उत्कृष्ट विद्यालयहरु मध्येको एक बुटवलको कालिका मानवज्ञान मा.विका ९ शिक्षकहरुमा पुनः कोरोना संक्रमण देखिएको छ । केही दिन अगाडी पश्चिम तराईको भ्रमणमा गएको शिक्षको टोलीलाई कोरोना देखिएको सहायक प्राध्यापक लोकराज घिमिरेले जानकारी दिए, घिमिरेका अनुसार संक्रमित सबैको अवस्था सामान्य छ । केही दिन अगाडी चाँदनी दोधारासहित भारतका केही क्षेत्रहरुमा समेत शैक्षिक भ्रमण गरी फर्केका थिए ।

विद्यालयका प्राध्यानाध्यापकसहित ९ शिक्षकलाई कोरोना पुष्टि भएसँगै विद्यालय व्यवस्थापनको निर्णयबमोजिम ३ दिनको लागी विद्यालय बन्द गरिएको छ भने, कक्षा १० को पठनपाठन भने स्वास्थ्य मापदण्डको आधारमा नियमित रुपमा संचालन गरिएको छ । पछिल्लो भेरियन्टको कारोना केही विद्यालयहरुमा पनि देखिन थालेपछि पुन शैक्षिक संस्थाहरु बन्द गर्ने बहस चलिरहेको छ । हिजोमात्रै सिसिएमसीको बैठकले तीन हप्तालाई विद्यालय बन्द गर्नको लागी सिफारिस गरेको थियो । रुपन्देहीमा हालसम्म एउटै विद्यालयमा यति धेर संख्यामा कोरोना देखिएको यो पहिलोपटक हो ।

विद्यालयहरुमा समेत कोरोना देखिएपछि स्थानीय निकायहरुले जिर्ण भएका कोरोना विशेष अस्पतालहरु पुन सरसफाई गरी तयारी अवस्थामा राखिएको छ ।

 
 
  
 

You may also like