पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

हाल देशमा स्थानीय वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले पहाडी भू–भागमा बदली रहेको जनाएको छ । शनिबार प्रदेश– १ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आइतबार पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

 
 
  
 

You may also like