१५१ आरोहीलाई सगरमाथासहितका हिमाल आरोहण अनुमति

काठमाडौं। पर्यटन विभागले सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई अनुमति दिएको छ । विभागले सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने अनुमति दिएको हो ।

२० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति प्रदान गरिएको विभागले जनाएको छ । ६ आरोही समूहले बिहीबार मात्रै आरोहण अनुमति पाएका विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिए ।

विभागका अनुसार हालसम्म सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी सात आरोही समूहले अनुमति पाएका छन् । त्यसैगरी ल्होत्से (८,५१६ मिटर) र नुप्से (७,८६४ मिटर) हिमाल आरोणको लागि मा दुई–दुई समूहले आरोहण अनुमति पाएका विभागले जनाएको छ ।

यसैगरी पुमरी (७,१६१ मिटर) आरोहणको लागि एउटा समूहले अनुमति पाएको छ भने अन्नपूर्ण हिमाल (८,०९१ मिटर) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा दुई, मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूहले अनुमति पाएको छ । वसन्त याम हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गर्न थालेको छ ।

 
 
  
 

You may also like