नियन्त्रणमा लिइएको मान्छेमाथि आक्रमण गर्ने बाघ खोरको फलामे डण्डी भाँचेर भाग्यो

बाँके। बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको पाटेबाघ खोरको फलामे डण्डी नै भाँचेर भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई खाता जैविकमार्ग बर्दियाले नियन्त्रणमा लिएर चैत ५ गते डिभिजन वन कार्यालयमा बुझाएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डिङ सेन्टरमा राखिएको बाघ फलामे डण्डी नै भाँचेर भागेपछि निकुञ्जले स्थानीयलाई जगंलभित्र नजान आग्रह गरेको छ । ‘खोरमा राखिएको बाघलाई मुभमेन्ट नियाल्न दुई वटा क्यामरा राखेका थियौं’, बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार साहले भने, ‘मंगलबार बिहान ६ बजेसम्म खोरमै रहेको बाघ फलामे डण्डी भाँचेर निस्किएर प्राकृतिक स्थान जंगलतिर गएको देखिन्छ ।’

निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ कसरी भाग्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । गत बिहीबार बर्दियाबाट बाँकेमा ल्याइएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानीयलाई आक्रमण गरेको थियो ।

 

 
 
  
 

You may also like