कुवेतमा एक नेपालीको मृत्यु

दोहा ।रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।कपिलवस्तुका ३० वर्षीय यम ठकुरीको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।

केही समयदेखि उच्च रक्तचापको उपचाररत उनको शुक्रबार मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

उनी ७ वर्षदेखि कुवेतमा कार्यरत थिए । तर हाल उनी कुन कम्पनीमा के काम गर्थे भन्ने बारे केही खुलेको छैन ।

ठकुरीको शव उनको परिवारसँग समन्वय गरेर नेपाल पठाइने दूतावासले जनाएको छ ।

 
 
  
 

You may also like