लाफा समुहद्धारा १२ औं रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । लाफा समुह बुटवलको आयोजनामा मंगलबार १२ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १२ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
समुहले ६÷६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समुहका संरक्षक बासुदेव लामिछानेले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने बताए । उनले लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे । कार्यक्रममा लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, सदस्य पदम रानाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन सहसचिव खिम सिंजालीले गरेका थिए । समुहले केही दिन अगाडी मात्रै एक जना ७ वर्षिया ब्लड क्यान्सर पिडित र ३० बर्षिय मृगौला पिडितको लागी ५८ हजार ४० रुपैंया आर्थिक सहयोग गरेको थियो

बुटवल । लाफा समुह बुटवलको आयोजनामा मंगलबार १२ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १२ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

समुहले ६÷६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समुहका संरक्षक बासुदेव लामिछानेले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने बताए ।

उनले लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे । कार्यक्रममा लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, सदस्य पदम रानाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन सहसचिव खिम सिंजालीले गरेका थिए ।

समुहले केही दिन अगाडी मात्रै एक जना ७ वर्षिया ब्लड क्यान्सर पिडित र ३० बर्षिय मृगौला पिडितको लागी ५८ हजार ४० रुपैंया आर्थिक सहयोग गरेको थियो ।

 
 
  
 

You may also like