प्रचण्ड–नेपालतिरै फर्किइन् माया ज्ञवाली

काठमाडौं। नेतृ माया ज्ञवाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षमा नै फर्किएकी छन् ।

पार्टी विभाजनपछि उनले आफू प्रचण्ड–नेपाल समूहमा नरहेको घोषणा गरेकी थिइन् । उनी ओली समूहको भेलामा सहभागी भएकी थिइन् ।

दिवंगत जीवराज आश्रितकी पत्नी ज्ञवाली आज प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा सहभागी भएकी छन् । ज्ञवाली गएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद् बनेकी हुन् ।

 

 
 
  
 

You may also like