चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ :दोस्रो दिनको खेलजारी

by समतल अनलाइन

बुटवल । चौथो बुटवल खुला लनटेनिस प्रतियोगिता अन्तरगत शनिबार दोस्रो दिनको खेलमा विभिन्न विधातर्फका १८ खेलहरु सम्पन्न भएका छन । देविनगर लनटेनिस कम्प्लेक्समा शनिबारको खेलमा पुरुष सिगलतर्फ अन्तिम ८ को टुगो लागेको छ ।

सिगलतर्फ प्रनव खनालले ईभ्याक जोशीलाई ६–०, ६–०, निहाल जेबी थापाले अनिल शाहिलाई ६–२, १–६, ६–४, रितिक रानाले अनिकेत अधिकारीलाई ६–०, ६–०, निरज गुरुङले भीष्म काउचालाई ६–२, ६–०, नवीन मगरले विष्णु नेपालीलाई ४–६, ६–३, ६–२ को सेट, निशान श्रेष्ठले सौगात विकलाई ६–४, ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन । आईतबार क्वाटरफाईनल खेलमा प्रनव खनालले निहाल जेबी थापा, रितिक रानाले नवीन मगर, प्रान्जल कायस्थले निशान श्रेष्ठ, निरज गुरुङले सन्तोष खत्रीसंग प्रतिस्पर्धा गर्नेछन ।

पुरुष डबल्सतर्फ रितिक राना र नवीन मगरको जोडीले भीष्म काउचा र अन्जन थिङको जोडीलाई ६–०, ६–१ को सेट तथा प्रनव खनाल र सन्तोष खत्रीको जोडीले प्रान्जल कायस्थ र निरज श्रेष्ठको जोडीलाई ६–१, ६–३ को सेटले पराजित गर्दै फाईनल प्रवेश गरेका छन ।
शनिबार भएको वुमन्स सिगलतर्फ प्रेरणा कोईरालाले श्रेष्ठा राईलाई ६–०, ६–१ तथा सलोनी तामाङले ईशाश्री शाहलाई ६–१, ६–३ को सेटमा पराजित गरे ।
यसैगरि वुमन्स डबल्सतर्फ सलोनी तामाङ र एजा रेग्मीको जोडीले श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडी तथा मयंङ्का राणा र प्रेरणा कोईरालाको जोडीले अभिलाषा बिष्ट र ईरा राउतको जोडीसंग सेमिफाइनल खेल्नेछन ।

यसैगरि ३५ प्लसतर्फ सेमीफाईनल समिकरण पूरा भएको छ । आईतबार पहिलो सेमिफाईनलमा हेमराज ढकाल र निमा लामाको जोडीले कमल भण्डारी र राजु श्रेष्ठको जोडी तथा दोस्रो सेमिफाईनलमा अनिल सेन्चुरी र सन्जय श्रेष्ठको जोडीसंग लोक बहादुर गुरुङ र राजन पौडेलको जोडीसंग खेल्नेछ ।

हेमराज ढकाल र निमा लामाको जोडीले सोम राना र शेषमणि चौधरीको जोडीलाई ६–४, ६–४ अंक, अनिल सेन्चुरी र सन्जय श्रेष्ठको जोडीले सुर्दशन विष्ट र शिव सेढाईको जोडीलाई ६–४,६–४ को सेटमा पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन ।
यस्तै गरि ४५ प्लस डबल्सतर्फ गोपाल ज्ञवाली र अर्जुन गुरुङको जोडीले राजेन्द्र सिह भण्डारी र ठाकुर खनालको जोडीलाई ७–५, ६–२ को सेटले जितेका छन । यसैगरि गोपि बहादुर भट्टराई र धर्म बहादुर लामिछानेको जोडीले उत्तम बोगटी र अम्मत रोक्काको जोडीलाई ६–२, ६–२ सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

प्रतियोगितामा सिगलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएका छन । प्रतियोगिता पुरुष एकलतर्फ एकल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्टमा, यसैगरि महिलामा एकल खुल्ला, पुरुष युगलतर्फ खुल्ला युगल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्ट, महिला युगलतर्फ युगल खुल्ला गरि कुल १० इभेन्टमा हुने उनले बताए । प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमश १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमश १० हजार र ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

डबल्सतर्फको प्रतियोगिता अन्तरगत पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र ३ लाख ५० हजार रुपैया खर्च हुने खेल संयोजक तथा संघका सचिव गोपाल ज्ञवालीले बताए । चार दिनसम्म संचालन हुने प्रतियोगितामा १६ लाख खर्च हुने अनुमान आयोजकको छ । गतवर्ष सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका युवा खेलाडी रितिक रानाले चुमेका थिए ।

 
 
  
 

You may also like