संसद विघटन फिर्ता हुँदैन भन्नेमा प्रधानमन्त्रीलाई दुई सय प्रतिशत विश्वास छ : नेम्वाङ

by समतल अनलाइन

विराटनगर। ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीमा संसद पुनर्स्थापना हुन सक्नदैन भन्ने दुई सय प्रतिशत विश्वास रहेको बताएका छन् ।

आज (शनिबार) विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले भने, ‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसदको विघटन फिर्ता हुँदैन, अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ’, उनले भने, ‘प्रधानमन्त्री ज्यूमाथि मलाई साह्रै विश्वास छ ।’ नेम्वाङले निर्वाचनको माहोल शुरु भइसकेको पनि दावी गरे ।

नेता नेम्वाङले प्रचण्ड–नेपाल पक्षका नेकपालाई पनि निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । ‘ढिलो होला बरु तपाईंहरु पनि चुनावमा लागिहाल्नुस्’, उनले भने । उनले दुई तिहाई बहुमतको सरकारले पेश गरेको प्रस्ताव संसदमा प्रस्तुत नभएका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे । नागरिकता विधेयक, एमसीसी, सत्य निरुपण तथा बेपत्तासम्बन्धी विधेयक लगायतका विधेयकहरू संसदमा प्रस्तुत नभएको उनको भनाइ छ ।

 

 
 
  
 

You may also like