थप ९७ जनामा कोरोना पुष्टि, २४ घण्टामा ३ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९७ जना संक्रमित थपिएको जानकारी दिएको छ
अहिलेसम्म कुल २ लाख ७३ हजार २६३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५८३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६९ हजार ६१९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९३१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ३४ हजार २६१ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६८ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ५८३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like