पूर्व राजा ज्ञानेन्द्रले भने, ‘जनता र राजाको सहमतिमा देशको अस्तित्व रक्षा होस्’

by समतल अनलाइन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजा र जनताको सहमतिबाट खडा भएको नेपाल राष्ट्रमा निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज (बिहीबार) शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले नेपालको अस्तित्व रक्षा जनता र राजाको सहमतिमै हुने बताएका छन् ।
सन्देशमा भनिएको, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीतिक शुरू गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।’

पूर्वराजाले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्र होइन भन्दै यसलाई सामाजिक पद्धति र सन्तुलित खुशीसँग जोडेर हेरिनुपर्ने समेत बताएका छन् ।
शाहका संवाद सचिब डा. फणि पाठकद्वारा जारी सन्देशमा उनले प्रजातन्त्रको सिद्धान्त अनुरुप मुलुकमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् । उनले सबैले मातृभूमिको पवित्र माटो छातिमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको समेत सन्देशमा उल्लेख गरेका छन् ।

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै बिषयमा बिवाद, द्धन्द्ध र बहस भइरहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न ।’
हेर्नुस् पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देश

 
 
  
 

You may also like