पश्चिमी वायुको प्रभाव : देशभर मौसम बद्ली

by समतल अनलाइन

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण अझै एक–दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको पौडेलले बताएका छन् ।

आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी शुरु हुने मौसमविद् पौडेलले जानकारी दिएका छन् ।
आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

 
 
  
 

You may also like