देवदह-१० का वडाअध्यक्षको दादागिरी,पानी बेच्न हिडेका युवालाई कुटपिट

by समतल अनलाइन

बुटवल । चरङेमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ युवालाई देवदह नगरपालिका वडा नं. १० का वडाअध्यक्ष यक बहादुर सुनारले सोमबार कुटेका छन । सडक खण्ड मर्मत कार्य जारी रहेको निमार्णधिन घुम्तीनिर लु १ ज ३३३६ नम्बरको सेतो पिकअपमा पिउनेपानीको जार छोडेर फर्कदै गरेका ३ जना युवालाई वडाअध्यक्षले निघार्त कुटपिट गरेका हुन ।

देवदह पिउनेपानी (वर्षा) को ठेक्कामा काम गर्दै आएका सुक्लम श्रेष्ठ, आशिष राना मगर र राजेश बाराघरे पिउने पानी बेचेर फर्कदै थिए । कुटाईबाट राजेश बाराघरेको नाकमा चोट लागेको उनले बताए । मादक पदार्थ सेवन गरेका वडाअध्यक्षले आफनो क्षेत्र भएको भान हुने गरि दादागिरि देखाएको मगरले दुखेसो गरे । सवारी साधनमा क्षति भएको भए त्यसै अनुसारको कानुनी उपचार लिन सकिने भन्दै उनले हामीले कुनै गल्ती नै नगर्दा एकोहोरो खनिएको उनले बताए ।

यसअघि समेत वडाअध्यक्ष सुनार पटक पटक विवादमा आउने गरेका छन । उनी कहिले स्थानिय युवाहरुलाई हातपात गर्ने, कहिले नदीजन्य सामग्रीको बिबादमा समेत आउने गरेको स्थानिय युवाहरु बताउछन । पिडित युवाहरुले रामनगरस्थित वडा प्रहरी कार्यालयमा मंगलबार पिडक वडाअध्यक्षलाई आवश्यक कारवाही गरिपाउ भन्दै निवेदन दिएका छन। युवाहरुले आफुहरुमाथि हातपात लछारपछार र कुटपिटका साथै अद्र ब्यवहारको कसुर गरेका वडाअध्यक्षलाई आवश्यक कारवाहीको माग गर्दै निवेदन दिएका हुन ।

 
 
  
 

You may also like