ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प

by समतल अनलाइन

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज (मंगलबार) बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार बिहान ७ बजेर ३५ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । अनुसन्धान केन्द्रले भूकम्प गएको ठाउँ नेपालको ओलाङचुङगोला र चीनको सीमा भएको जनाएको छ ।

ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयले जानकारी दिएका छन । ओलाङचुङगोलामा भूकम्पले कुनै क्षति नभएको वडा कार्यालयका कर्मचारी तेञ्जिङ वालुङले जानकारी दिए । ‘हल्लाउन नै चाहिँ निक्कै मज्जाले हल्लायो । मान्छेहरु भूकम्प गयो भन्दै बाहिर पनि निस्किए । तर, कुनै क्षति भएको छैन,’ उनले भने ।

 
 
  
 

You may also like