जनताभन्दा ठूला न्यायाधीश अरु कोही हुन सक्दैनन् : ईश्वर पोखरेल

by समतल अनलाइन

काठमाडौं। उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नहुने बताएका छन् ।

आज (शुक्रबार) नारायणहिटी दरबार अगाडि नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक स्थायित्वको चाहना अनुसार ताजा जनादेशमा जान चुनाव घोषणा भएको बताए ।

उनले प्रधानमन्त्रीको समृद्धिको सपनामा आफूहरुले सदैव साथ दिने बताए । नेता पोखरेलले भने, ‘ जस्तासुकै प्रतिकूलता आए पनि जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं ।’
उनले प्रधानमन्त्रीको अठोट अनुसार राजनीतिक स्थायित्वको अभियानमा जुटिरहने बताएका छन् । उनले भने, ‘आर्थिक विकास र संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौं । मुलुकको स्वाधीनताका लागि लागिरहने छौं ।’

 
 
  
 

You may also like