‘शुद्ध पानी खुवाउने हाम्रो अभियान हो’

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका एक तथ्याङ्क अनुसार अहिले प्रदेशमा ८७ प्रतिशत नागरिकले अशुद्ध खानेपानी खाइरहेका छन् । पानीमा खानै नहुने कोलिफर्म, आर्सेनिक लगायतका सायनले प्रदेशमा पानीलाई खानै नहुने बनाएका छन् । तर, यहीँ समस्यालाई मध्यनजर गर्दै बुटवलमा दुई युवा अशुद्ध खानेपानीलाई शुद्ध बनाउने अभियानलाई व्यवसायको रुपमा अंगालेका छन् ।

खानेपानीको जल्दो समस्यामा नागरिकलाई शुद्ध खानेपानीका लागि प्रोत्साहित गर्दै पानी शुद्ध बनाउने उपकरणको व्यवसायमा लागि परेका छन् ।
‘अहिले पानीको समस्या निकै बढेर गएको छ । अशुद्ध खानेपानी पिएकै कारण धेरै जना रोगका सिकार भएका छन्,’ युवा व्यवसायी क्षितीज जिसीले समतल अनलाइनसँग बताए ।

तर, व्यवसायको यस्तो ‘आइडिया’ भने यत्तीकै आएको होइन । संघर्षरत जीवनमा धेरै आरोह अवरोह पछि अर्घाखाँचीका क्षितीज र हेमन्त भुसाललाई बुटवलमा पसिना खर्च गरेर सफल व्यवसायी बन्ने सपना जागेको हो ।

यी दुई युवा पानीलाई विषादी र प्रदुषण रहित बनाउन क्षितिज जिसि एन.के.ट्रेडिङ एण्ड फिल्टर हाउसको स्थापना गरी अहिले बुटवल वासीलाई पानी शुद्ध गर्ने उपकरणहरुका बारेमा जानकारी दिएर उपकरणको व्यवसायमा होमिएका छन् ।

दुई युवाको संयुक्त लगानीमा सञ्चालनमा आएको फिल्टर हाउस एक्वा वाटर फिल्टर, युरोगार्ड र काण्टको अधिकृत बिक्रेताको रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन् । फिल्टर हाउसमा पानीलाई शुद्ध बनाउने अत्याधुनिक प्रविधीहरु जस्तैं आरओ, युभि, युयाफ, टिडि, एस. कन्ट्रोलर तथा अल्कालाइन जडित सबै कम्पनीका घरेलु र कमर्शियल फिल्टरहरु तथा ती फिल्टरका स्पेयर पार्टस थोक तथा खुद्रा मूल्यमा बिक्री गरिने उनले बताए ।

व्यवसायी हेमन्तले दैनिक रुपमा स्वस्थ्यकर पानी पिएमा ८० प्रतीशत सरुवा रोगबाट बच्न सकिने बताउँदै त्यसका लागि पानी फिल्टर गर्ने उपकरणहरु जडान गर्नुपर्नेमा जोड दिए ।

‘बुटवलमा पानीमा चुनाको मात्रा बढी भएको देखिएको छ । चुनालाई रोक्ने काम आरओ विधिले गर्छ ।’ उनले भने–‘ त्यस्ता अन्य धेरै उपकरणहरु हामीसँग छन् ।’
६ लाख लगानीमा बुटवलको देवीनगरमा चौपारीनजिक व्यवसाय सञ्चालन गरिरहेका यी दुई युवाले केही समयमा अर्घाखाँचीको सन्धिखर्कमा पनि विस्तार गर्ने योजना रहेको सुनाउँछन् ।

‘अन्य बिकसित मुलुकमा आज भन्दा करिव सय बर्ष पहिला नै आरओलगायतका विधिद्वारा पानी स्वच्छ बनाउने गरिन्थ्यो । शुद्ध पानीका लागि यो विधि नै सबैभन्दा उत्तम हो ।’ व्यवसायी क्षितीजले बताए । त्यसका लागि आफूहरुले होम डेलिभरी र सेवा शुल्क पनि निशुल्क रहेको बताए ।

 
 
  
 

You may also like