नदी तिनाउ नदीको सभ्यता जोगाउन र स्वच्छ बनाउन तिनाउ नदी सरसफाइ अभियान सुरु

by समतल अनलाइन

बुटवल । नदी तिनाउ नदीको सभ्यता जोगाउन र स्वच्छ बनाउन तिनाउ नदी सरसफाइ अभियान सुरु भएको छ । आदीमानव रामापिथेकसको बङ्गारा भेटिएको नदीकिनारको सभ्यता जोगाउने र नदीलाई नियमित सरसफाइ गरि जलचर प्राणीको अस्तित्व जोगाउन सो अभियान सुरु गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मानवाधिकार तथा शान्ती समाज नेपालका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले नदिको सभ्यतासग मानवीय विकासको सभ्यता जोडिएकोले बड्दो प्रदुषणले यसलाई प्रत्यक्ष असर पार्ने हुँदा नदिहरुलाई सरसफाइ राख्न जरुरी रहेको बताए । उनले विश्वभर प्रदुषण बढीरहेको र यस्ले तापक्रम वृद्धि भई कतिपय जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको लोप भएको तर्फ जोड दिदै तापमान घटाउन राज्यले वातावरणमैत्री कार्यक्रमहरु गर्नुपर्ने बताएका हुन ।

नेपाल प्राद्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष क्याप्टेन रमेश बहादुर केसी लगायतले बाग्मती नदीलाई जस्तै तिनाउ नदीलाई पनि स्वच्छ बनाउनको लागि सबै मानिसहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जलचर प्राणीहरुको बाच्न पाउने अधिकार स्थापित गर्न र तिनाउ नदीको स्वच्छता र सुन्दरताका लागि अभियान संचालन गरिएको कार्यक्रमका संयोजक वुमन केयरका अध्यक्ष रिता केसीले बताईन । नदिजन्य प्राणीहरुको स्वच्छतापूर्वक बाच्न पाउने अधिकार सगै नदीलाई बिनाहस्तक्षेप बग्न र स्वच्छ बनाउन यो अभियान चलाईएको र अभियान निरन्तर चल्ने मानवअधिकार तथा शान्ती समाजका रुपन्देही अध्यक्ष एवं कार्यक्रमका सहसयोजक डिपी खनालले जानकारी दिए ।

नदी सरसफाइ अभियानमा मानवअधि कार तथा शान्ती समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानीज क्लब बुटवल, घरघरमा हामी, इनरविल मिटटाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटल लगायतका संस्थाहरुले सहकार्य गरेका छन् ।

 
 
  
 

You may also like