त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ

by समतल अनलाइन

काठमाडौँ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुरक्षा जाँचको क्रममा राईको साथबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको एसएसपी राजेशनाथ बाँस्तोलाले बताए । ती व्यक्तिमाथी थप अनुसन्धान भइरहेको उनले बताए ।

 
 
  
 

You may also like