बुटवलको ओपन स्कुलमा विभिन्न माध्यममा भर्ना खुल्यो

by समतल अनलाइन

बुटवल । बुटवल ओपन स्कुलमा विभिन्न माध्यममा भर्ना खुलेको छ। बुटवलको मिलनचोकमा संचालित स्कुलमा कक्षा ८ पास भई कक्षा ९ र १० फेल भएका, नियमित विद्यालय जान नसकेका, गृहणी तथा उमेर नाघेकाहरुलाई लक्षित गरी भर्ना खुलाइएको हो ।

ग्रेडिङ सिस्टमअनुसार सजिलै पास गर्न सकिने भएकाले कक्षा ५, ६, ७, ८ फेल भएकाहरूले यो वर्ष कक्षा ८ मा भर्ना भई त्यसपछि एसईई दिन चाहने, घरमै बसी अध्ययन गर्न चाहने आदि विद्यार्थीहरु भर्ना हुन पाउनेछन् ।

व्यस्त जीवन शैली भएका कारण छोटो समयमा विशेष तयारी कक्षा लिनका लागि भर्ना खुलाइएको ओपन स्कुलले जनाएको छ । पढ्न, पास गर्न र राम्रो नतिजा ल्याउन चाहने र थोरै संख्यमा बसी प्रष्ट रूपले बुझ्ने गरी पढ्न चाहनेका लागि कक्षाहरु उपयोगी रहेको स्कुलले जनाएको छ । स्कुलका सञ्चालक बुद्धी पौडेलका अनुसार कुनै ५ विषयको परिक्षा दिन सकिने छ ।

 

 
 
  
 

You may also like