खुमलटारमा प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर बाहिरियो चिनियाँ टोली

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ ।

आज (सोमबार) बिहान ८ः ५३ बजे प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १०ः२० बजे निस्किएको छ ।

भेटमा अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो ।

आजै चिनियाँ टोलीले नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राति प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो । चिनियाँ टोलीले शीर्ष नेताहरुको भेटमा नेकपाको विभाजनले नेपालमा अस्थिरता बढ्ने संकेत गरेको छ ।

नेकपा विभाजनको उत्कर्षमा पुगेका चिनियाँ राजदूत होउ यान्छीले सहजकरणका लागि प्रयास गरेकी थिइन् । तर पनि नेकपा विभाजन भएको थियो । विभाजनपछि पनि नेकपालाई एक बनाउन चीनले अन्तिम प्रयास गरिरहेको छ ।

 
 
  
 

You may also like