63
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सातै प्रदेशमा संयोजक तोकेका छन् ।
सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश–२ मा सत्यनारायण मण्डल र प्रदेश–१ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ । जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ ।