थप ७४३ जनामा कोरोना पुष्टि, २४ घण्टामा ५ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७४३ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५५ हजार ९७९ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९५२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ४६ हजार ६६१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५५९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १८ लाख ९० हजार ७४० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४०९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ७ हजार ५१५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८०३ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like