नमस्ते नेपालले आयोजना गरेको ” नगरप्रमुखसंग युवा” कार्यक्रम सम्पन्न

by समतल अनलाइन

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिमा युवाहरुले नगरपालिकाका मेयर बासुदेव घिमिरेसंग प्रत्यक्ष गुनासा र सुझावहरु राखेका छन । नमस्ते नेपालले आयोजना गरेको नगर प्रमुखसंग युवाहरु कार्यक्रममा नगरपालिकाका अधिकांस वडाबाट सहभागि भएका युवाहरुले आफ्नो गुनासो, भोगाइ र सुझाव राखेका हुन् । युवाहरुका हरेक जिज्ञासा र गुनासोको नगरप्रमुख घिमिरेले तत्कालै सम्बोधन गरेका थिए ।

सो अबसरमा युवाहरुले युवा उद्यमशिलता, रोजगार सिर्जना, शिक्षा, स्वास्थ्य, यातायात, कृषि, ब्यापार, पर्यटन, सरसफाई लगायताका बिषयमा गुनासो राखेका छन । उनीहरुले नगरपालिका र यसका बिभिन्न वडा कार्यलयहरुबाट हुने सेवा प्रवाहका बिषयमा पनि गुनासो गरे ।

कार्यक्रममा युवाहरुका गुनासोलाई संबोधन गर्दै नगरप्रमुख घिमिरेले नगरपालिकाले संचालन गर्ने बिभिन्न अभियानमा नागरिकको प्रत्यक्ष सहयोग आबश्यक पर्नेमा जोड दिए ।
हालसम्म आफ्नै प्रसासनिक भवन नहुदा नागरिकलाई सेवा प्रवाहगर्दा केहि समस्याहरु रहेको भए पनि अब त्यो नरहने बताउदै नियतवस कुनै कर्मचारिले नागरिकको काममा ढिलासुस्ती र अनियमितता गर्न खोजेको पाएमा आफुले तत्कालै कारवाही प्रकृया अगाडि बढाउने प्रतिवद्धता समेत ब्यक्त गरे ।

उनले कार्यक्रममा आाएका महत्वपुर्ण सुझावहरु आगामी आर्थिक बर्षका निति तथा कार्यक्रममा सम्बोधन गर्ने बिश्वास दिलाए ।

युवा नेतृत्वमा संचालित नमस्ते नेपालले बिभिन्न दलका नेताहरुका चुनावी प्रतिवद्धता र तिनको उपलब्धी समिक्षा लगायतका कार्यक्रम गर्ने सिलसिलामा पछिल्लो पटक नगरप्रमुखलाई प्रत्यक्ष युवाहरुमाझ गुनासो संवोधन गराएको हो । यो कार्यक्रमलाई परिमार्जित गर्दै दायरा फराकिलो पार्दै लैजाने संस्थाका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए । उनले बिगतमा संस्थाले गरेका सामाजिक कामका लागी आबश्यक आर्थिक ब्यावस्थापन संस्था आफैले गरेको अनुभव सुनाउदै इक्षाशक्ति भयो भने हरेक काममा सफलता मिल्ने अनुभव सुनाए ।

संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेका प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको बरिष्ठ पत्रकार अर्जुन ज्ञवाली, निमित्त जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा र प्रध्यापक राम प्रसाद खरेलले समिक्षा गनुभएको थियो । साथै रिपोर्टस क्लव प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रिको पनि सहभागीता रहेको थियो।

मनिष भुसालको स्वागत र निराजन खरेलको संचालनमा सम्पन्न कार्यक्रमको बाबुराम गैरेले सहजकर्ताको भुमिका खेलेका थिए ।

 
 
  
 

You may also like